नेकपा(मशाल) निकट युबक सघंको राष्टिय भेला सम्पन्न ,२५ जनाको कमिटि पुनगठन

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ३० ०९:२८ बजे
युवक सँघको भण्डा

    काठमाण्डौ फाल्गुन ३०। नेकपा(मशाल ) निकट युवाहरु समेत को भेला २०७९ फागुन २७ र २८ गते गण्डकी प्रदेशको नवलपुरमाअखिल नेपाल युवक संघको  राष्ट्रिय भेला सयुक्तरुपमा  सम्पन्न भएको छ । भेलालाई नेपाल कम्युनिस्ट पार्टी  (मशाल) का  महासचिव  सन्त बहादुर नेपालीले उद्घाटन गर्नुका साथै शुभकामना मन्तव्य राख्नु भएको थियो। भेलाको सफलताको शुभकामना दिने अन्य कमरेडहरू मा, नेपाल कम्युनिस्ट पार्टी  (मशाल) का पोलिटब्युरो सदस्य कृष्णराज पौडेल,  नेपाल कम्यूनिष्ट पार्टी (मशाल)का केन्द्रिय सदस्य कमरेड शशिधर भण्डारी, नेपाल कम्युनिस्ट पार्टी  (मशाल) का केन्द्रिय प्रवक्ता कमरेड राम बहादुर बुढा, अखिल नेपाल शिक्षक सघंका समंयोजक कमरेड नरेन्द्र बहादुर थापा, अखिल भारत नेपाली एकता समाजका महासचिव कमरेड महेन्द्र बश्याल , अ. ने. रा. स्व. बि. यू. (छैटौं) का केन्द्रिय समंयोजक कमरेड दिपक पौडेलले भेला सफलताको शुभकामना दिनु भएको थियो। 

 भेलाले जितामित्र सुनार प्युठानको  अध्यक्षतामा २५ सद्स्य अखिल नेपाल युवक संघको केन्द्रीय संगठन  समिती निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा क्रमशः बिक्रम थापा( कास्की), शिव फुयाल(झापा) र राजेन्द्र नेपाली ( अर्घाखाँची) । महासचिवमा  बाबुराम आचार्य ( रुपन्देही) , सचिबमा क्रमशः सागर भण्डारी ( काठमाण्डौ) र सरद लामिछाने (बाँके)। कोषाध्यक्षमा खुम राना (चितवन) रहनुभएको छ। सदस्यहरुमा सागर कुँवर (कास्की), योगेन्द्र पौडेल(नवलपुर), मंगल घर्ती (दाङ), गोकर्ण कुमाल (अर्घाखाँची), लालसिहं मल्ल (नवलपुर) अर्जुन शर्मा(रुपन्देही), हिरा पुन (बागलुङ), कुमार थापा (बागलुङ), दलजित ऎर(डडेल्धुरा),दिपक गुरुङ (कास्की), सिमा नेपाली (काठमाडौ) आशिष जगेबु (इलाम), याम पुन (बाग्लुङ), पुरुस्तम काफ्ले(झापा), घनश्याम पोखरेल (कपिलवस्तु) शन्देस पौडेल (नवलपुर) हेम नाथ (डडेल्धुरा) रहेका छ्न।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्दै सबै खाले सार्बभौम अखण्डताको विरुद्धमा  हुने वैदेशिक हस्तक्षेप  विरुद्ध संघर्ष गर्ने। महंगी, भ्रष्टाचार, कालोबजारी र लघुवित्तीय आतंक तथा मिटर ब्याजको विरुद्धमा संघर्ष गर्ने कार्यक्रम रहेको कुरा सो सँगठनका अध्यक्ष जितामित्र सुनारले एक विज्ञप्ति प्रकाशित गरि वताएका छन।


२०७९ फागुन ३० ०९:२८ बजे

प्रतिक्रिया