तिन माओवादी धारले गरे सयुक्त पत्रकार सम्मेलन बहिष्कार

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २८ २०:२१ बजे
माओवादी नेताहरु

काठमाडौँ फाल्गुन  २९ गते । हिजो माओवादी धारका नौ दलमध्ये तीन दलले पत्रकार सम्मेलन बहिस्कार गरेका छन् । माओवादी धारका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीले पत्रकार सम्मेलन बहिष्कार गरेका जनाइन्छ।

माओवादी धारको यसअघि बसेको बैठकले संयुक्त पत्रकार सम्मेलन र अन्तर्क्रिया गर्ने निर्णय गरेका थिए । तर, हिजो भएको संयुक्त पत्रकार सम्मेलनमा भने तीन माओवादी धारका माओवादी नेताहरु अनुपस्थित रहे । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी धारका ९ जना नेता आउने भनिए पनि अन्तिममा तीन पार्टीका नेता नआएको बताए ।

नेकपा (बहुमत)का सँयोजक धर्मेन्द्र बास्तालाले  सँयुक्त अपिलको व्यहोरामा सहमति जुट्न नसकेकोले  पत्रकार सम्मेलनमा सहभागी नभएको प्रतिक्रिया दिए । बास्तोलाले भने, ‘संयुक्त अपिल नै झन कन्फ्यूजन हुने खालको हुने भएपछि पत्रकार सम्मेलन बहिष्कार गरेका हौं ।’


२०७९ फागुन २८ २०:२१ बजे

प्रतिक्रिया