भ्रष्टाचार आरोपि ममता झा उपराष्टपतिकी उम्मेदवार

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २७ १९:४२ बजे
जनमत पार्टीकी ममता झा

काठमाडौँ । जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी ममता झा माथि ८ वर्ष अधिअख्तियार दुरुपयोग आयोगले भ्रष्टाचारको मुद्दा लगाएको थियो । साझा प्रकाशनको अध्यक्ष भएको बेला झा विरुद्ध अख्तियारले २०७१ जेठ ४ गते विशेष अदालतमा  काठमाण्डौमा भ्रष्टचार मुद्दा दायर गरेको थियो । उनलाई ३ लाख ६६ हजार जरिवाना र सजायको माग दावी गरिएको थियो ।मु्द्दा के भयो भन्ने कुरा साझा प्रकाशन लाइ हाल सम्म जानकारी प्राप्त नभएको कुरा एक कर्मचारी ले वताएका छन।

उनले साझा  प्रकाशनमा माधव प्रसाद थपलियालाई बदनियतपूर्ण तरिकाले अस्थायी कर्मचारीको रूपमा नियुक्ति दिएको आरोप थियो  । न्यूनतम शैक्षिक योग्यता बिना नै थपलियालाई नियुक्त गरेर साझा  वाट तलब भत्ता लिनेदिने कार्य गरेकोमा अख्तियारले दुवैलाई कसुरदार ठहराएको थियो ।

 यसै गरि आज नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य, जनता समाजवादीका रामसहायक प्रसाद यादव,प्रमिला यादवले पनि उपराष्टृपतिको उम्मेदवार दर्ता गरेका छन।राष्टपति र उपराष्टपति फरक फरक लिँग वा समुदायको हुनु पर्ने सँवैधानिक व्यवस्था रहेको छ।

सत्तागठवन्धनका उम्मेदवारहरु जनमत पार्टीकी ममता झा, जनता समाजवादीका राम सहायक प्रसाद यादव,प्रमिला यादव  गरि तिन जना  उम्मेदवार भए पछि सत्ता गठवन्धन विभाजित भएको छ।


२०७९ फागुन २७ १९:४२ बजे

प्रतिक्रिया