तिब्बती विद्रोह दिवस मनाउनदिने सरकारी संकेत- भरत दाहाल

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २५ १४:३३ बजे
चीनको झण्डा

त्रिमुल नेपाल पार्टी अध्यक्ष एव राजनितिक विश्लेषक भरत दाहालले पुष्पकमल दाहाल  प्रचण्ड सरकारले तिब्बती विद्रोह दिवस मनाउन दिने  संकेत देखाएको छ भनि आफ्नो फेसवुक पेजमा लेखका छन कि सन् १९५९ मार्च १० तारेखमा तिब्बतमा चिनियाँ सेना प्रवेश गरेको दिन दलाई लामाका केही मानिसहरुले ल्हासामा गरेको विरोध प्रदर्शनलाई विद्रोह दिवस मानेर प्रत्येक बर्ष १० मार्चका दिन सो समूहले चीनका विरुद्धमा प्रदर्शन गर्दै आएको छ। 

जसले एक चीन नीतिलाई समर्थन गरेका छन्, ती देशहरुले यस्तो गतिविधिमाथी रोक लगाउँदै आएका छन्।भोली १० तारेखका दिन चीनका विरुद्ध प्रदर्शन गर्न भैरहेको तयारीलाई रोक्न पुष्पकमलको सरकारले आजसम्म जिल्ला प्रशासन लगायतका कुनै पनि सुरक्षा निकायहरुमा भनेर परिपत्र जारी गरेको छैन। 

विगत केही बर्ष यता ईण्डो-पश्चिमाहरुको दबाबमा तिब्बती शरणार्थीहरुका तर्फबाट चीन विरुद्ध खुला रुपमा गतिविधिहरु हुन थालेका छन्। पुष्पकमलको सरकारले १० मार्चको कथित विद्रोह दिवस पनि गर्न दिने संकेत देखापरेको छ। देशको जटिल भू-राजनीतिलाई अन्तर्राष्ट्रिय शक्तिहरुको द्वन्दको प्रयोग थलोका रुपमा उपयोग गर्न र नेपाललाई विशेष गरी नेटो गुटका पक्षमा खडा गरेर चीनसंग लडाउन यथासक्य प्रयास हुँदै आएको छ। पुष्पकमलको सरकारले यही नीतिलाई निरन्तरता दिन थालेको देखिंदैछ भनि हिजो आफ्नो फेसवुक पेजमा एक स्टाटस लेखेका छन।

तिव्वती शरणार्थीहरुले  चीन वाट तिव्वत लाइ अलग राज्य वनाउनु पर्छ भन्ने माग राखेर अमेरिका,युरोपियन युनियन र भारतको उक्साहटमा  प्रदर्शन गर्दै  आएका छन





२०७९ फागुन २५ १४:३३ बजे

प्रतिक्रिया