राष्ट्रपतिकाे निर्वाचन भोलि १० बजेदेखि दिउँसो ३ बजेसम्म

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २४ १६:३५ बजे
राष्ट्रपतिकाे निर्वाचन

काठमाडौं ।  निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको बताएको हो । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।  आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान  गर्ने समय तोकीएको छ ।

बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको हो ।

निर्वाचन अधिकृत महेश शर्माका अनुसार ३ बजेसम्म लाइनमा बसेका मतदाताहरुले मतदान गर्न पाउनेछन् ।मतदान केन्द्रभित्र मोबाइल लैजान पाइने छैन । यदि कसैले मोबाइल लगे निर्वाचन कसूर हुनेछ ।देश भरिका मतदाताहरु काठमाण्डौ आउने क्रम जारी रहेको छ।

राजनितिक परिस्थिति फेरवदल नभएमा काग्रेस नेता रामचन्द्र पौडेलको विजयी हुने सम्भावन प्रवल रहेको  विश्लेशकहरु वताउछन।

२०७९ फागुन २४ १६:३५ बजे

प्रतिक्रिया