स्ववियु चुनाव घोषणपत्र सार्वजनिक तिनवटा क्रान्तिकारी विधार्थी सँगठनको सयुक्त प्यानलहुने

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २४ १२:०९ बजे
तिन विधार्थी सँगठनका अध्यक्षहरु

काठमाण्डौ-नेकपा (मशाल) निकट अखिल छैटौँ नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)  ले संयुक्त रुपमा आसन्न स्ववियु निर्वाचनलाई लक्षित गर्दै  स्ववियु चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन।

एमसीसीका मतियार विद्यार्थी संगठनहरुलाई गतिलो चोट, अखिल क्रान्तिकारी संयुक्त र अखिल छैटौँलाई स्ववियु निर्वाचनमा भोटभन्ने मूल नाराका साथ स्ववियु निर्वाचनमा होमिएका तीन विद्यार्थी संगठनहरुले चुनावी सहकार्य गरेका छन् ।चुनावी घोषणा पत्र सार्वजनिकीकरण कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र नेकपा (मशाल) निकट अखिल (छैटौँ)का संयोजक दिपक पौडेलल स्ववियु चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन। 

घोषणपत्रमा स्ववियु लाइ कुनै विधार्थीको भातृसँगठन नभइ साझा सँस्था वनाउनु पर्ने, विश्वविधालय र क्याम्पसमा दलिय भागवण्डा वन्द गरि प्राज्ञा, मर्यादित र स्वच्छ हुनु पर्ने,लागु पदार्थ दुव्यसन विरुध्द क्यास्पसहरुले कार्यक्रम वनाउनु पर्ने,छात्रावास,छात्रावृर्तिमा नातावाद कृर्पावादको अन्त्य गरि जेहन्दार र विपन्न विधार्थी लाइ उपलव्ध गराउनु पर्ने, प्रयाप्त पुस्तकसहितको पुस्तकालय,सुविधायुक्त प्रयोगशाला,इ-लाइवेरी,इन्टनेट र एफ्सहरु निः शुल्क उपलव्ध गराउनु पर्ने ,स्ववियु,विश्वविधालय र क्यामपसको हिसाव वार्षिकरुपमा सार्वजनिक हुनु पर्ने र देशभरी तिनवटै विधार्थी सँगठनको सँयुक्त प्यानल वनाएर जाने कुरा वताएका छन। हिजो  काठमाण्डौको रिपोटर क्लावमा  एक कार्यक्रम गरि तिन विधार्थी सँगठन ले आफ्नो सयुक्त चुनावी घोषणापत्र सार्वजनिक   गरेका हुन।

२०७९ फागुन २४ १२:०९ बजे

प्रतिक्रिया