साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २४ १०:४३ बजे
साफ यू-१७ च्याम्पियन

काठमाडौं । बंगलादेशमा यही मार्च २० देखि ३१ सम्म आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरीएको छ ।   मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।  यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत साउथ एसियन फुटबल फेडेरेसनले आयोजना गर्ने यस च्याम्पियनसिपमा रुसको टोली समेत सहभागी हुँदैछ ।

गत नोभेम्बरमा बंगलादेशमै भएको यू-१५ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो । यस पटक त्यसैलाई अपग्रेड गर्दै यू-१७ च्याम्पियनसिप हुन लागेको हो ।च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भारत, बंगलादेश र भुटानसँगै रुस गरी पाँच राष्ट्र सहभागी रहने छन् ।

च्याम्पियनसिपका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ र लिगपछि धेरै अंक जोड्दै शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ ।नेपालले पहिलो खेल मार्च २० मा भारतसँग खेल्नेछ । यस्तै दोस्रो खेल भुटानसँग मार्च २२ मा, तेस्रो खेल रुससँग मार्च २६ र अन्तिम खेलमा बंगलादेशसँग मार्च २८ मा खेल्नेछ ।च्याम्पियनसिपको सबै खेल ढाकाको बीएसएस मोस्ताफा कमल स्टेडियम हुनेछ ।

नेपाली टोलीमा गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु

मिडफिल्डर : माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ,

फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार रहेका छन् । 

२०७९ फागुन २४ १०:४३ बजे

प्रतिक्रिया