ट्विटरले एलन मस्कमाथि मुद्दा ठोक्यो

ट्विटरले एलन मस्कमाथि मुद्दा ठोक्यो

bimbonline बिम्ब अनलाइन
२०७९ असार २९ ०९:५८ बजे
एलन मस्क

 काठमाडौं । सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्लाका प्रमुख एलन मस्कको कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतको ढोका ढक्ढकाएको छ ।

ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई एलन मस्कलाई प्रति ट्विटर शेयर ५४.२० डलरको हिसाबले सम्झौता पूरा गर्न आदेश दिन आग्रह गरेको छ ।एलन मस्कले शुक्रबार आफूले ट्विटर नकिन्ने  घोषणा गरेपछि ट्विटरले कानुनी लडाइँ लड्ने निर्णय गरेको थियो । उनले पटकपटक सम्झौताका सर्त तोडेकाले आफू पछि हटेको आरोप लगाएका छन् । उनले नक्कली अकाउन्टको संख्याबारे ट्विटरले जानकारी नदिएको बताए ।

एलन मस्कले ट्विटर किन्नको लागि अप्रिलमा एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौता ४४ अर्ब डलरमा भएको थियो । तर त्यसको अर्को महिना मेमा उनले यो सम्झौता ‘अस्थायी रुपमा होल्ड’ मा भएको जानकारी दिए । उनले ट्विटरको नक्कली र स्प्याम खाताको संख्यासँग सम्बन्धित आँकडाको प्रतिक्षा गरिरहेको पनि बताए ।

मुद्दामा एलन मस्कमाथि मर्जर सम्झौता उल्लंघन गरेको आरोप लगाइएको छ । साथै, ट्विटरले अब उनको व्यक्तिगत हित पूरा नगर्ने भएकोले उनी यो सम्झौताबाट पछि हटेको पनि आरोप लगाइएको छ । ट्विटरका अध्यक्ष ब्रेट टेलरले ट्वीट गर्दै माइक्रोब्लगिङ साइटले एलन मस्कलाई सम्झौताको दायित्वहरूका लागि जवाफदेही बनाउन चाहेको बताएका छन् ।

एलन मस्क इलेक्ट्रिक कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत हुन् ।मुद्दामा भनिएको छ – एलन मस्क सम्झौतामा सहमत भएपछि, टेस्लाको शेयर र स्टक बजार घट्यो, टेस्लामा उनको हिस्सेदारी घट्यो । एलन मस्कको सम्पत्ति नोभेम्बर सन् २०२१ को उच्च बिन्दुबाट १०० बिलियन डलरले घटेको छ, जसका कारण उनी यस सम्झौताबाट बाहिर आउन चाहन्छन् ।साथै, बजारमा आएको मन्दीलाई एलन आफैँले पनि झेल्न नचाहेको बताइएको छ ।

को हुन् एलन मस्क ? के– के गर्छन् ?

एलन मस्क एक कार निर्माताका मालिक हुन्, तर उनको कामको दायरा भविष्यका कारहरू बनाउने कम्पनीमा मात्रै सिमित छैन ।उनको कम्पनी टेस्लाले इलेक्ट्रिक कारका पार्टपुर्जा र ब्याट्रीहरू पनि बनाउँछ जुन अन्य कार निर्माताहरूलाई बेचिन्छ ।

उनीहरुले घरमा जडान गर्ने  ‘सोलर इनर्जी सिस्टम’ बनाउँछन् जसको माग समयसँगै बढिरहेको छ । उनले एक अन्तरिक्ष अन्वेषण कम्पनी पनि चलाउँछन् । साथै उनी अमेरिकामा ‘सुपर–फास्ट’ अन्डरग्राउन्ड ट्रान्सपोर्ट सिस्टमको खाका पनि तयार पारिरहेका छन् ।

आजको समयमा, एलन मस्क एक अमेरिकी उद्यमीको रूपमा चिनिन्छन्, तर उनको जन्म दक्षिण अफ्रिकामा भएको थियो । उनकी आमा मूलतः क्यानाडा र बुबा दक्षिण अफ्रिकाका हुन् । मस्कका अनुसार उनलाई बाल्यकालदेखि नै किताब पढ्न मन लाग्थ्यो ।

उनी भन्छन्, ‘म बाल्यकालमा एकदमै शान्त थिएँ, जसका कारण मलाई धेरै उत्पीडन पनि भयो ।’

१० वर्षको उमेरमा एलोन मस्कले कम्प्युटर प्रोग्रामिङ सिके र १२ वर्षको उमेरमा उनले ‘ब्लास्टर’ नामक भिडियो गेम बनाए जुन स्थानीय पत्रिकाले उनीबाट पाँच सय अमेरिकी डलरमा किनेको थियो । यसलाई मस्कको पहिलो ‘व्यापारिक उपलब्धि’ भन्न सकिन्छ । सन् २००४ मा, एलन मस्कले इलेक्ट्रिक कार कम्पनी टेस्लाको स्थापना गरे र उनले भने, ‘भविष्यमा सबै कुरा विद्युतीय हुनेछ, अन्तरिक्षमा जाने रकेटहरू पनि, र यो परिवर्तन ल्याउन टेस्लाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

एलन मस्क पनि आफ्ना ट्वीटका कारण चर्चामा आउने गर्छन् । उनले ट्वीटर किन्ने बारे ट्विट गरेरै जानकारी दिएका थिए । एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्न प्रस्ताव गरेका थिए । आफूलाई ‘वाक स्वतन्त्रताको ठूलो समर्थक’ भनेर वर्णन गर्ने मस्क, ट्विटरले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्लेटफर्मबाट प्रतिबन्ध लगाएको समयमा आए । उनले यो मञ्चमा सुधार गर्न चाहेको बताएका थिए । ट्विटरमा उनका १० करोड फलोअर्स छन् । उनी यहाँ निकै सक्रिय छन् र कहिलेकाहीँ विवादास्पद ट्वीट गर्छन् ।

एजेन्सी

२०७९ असार २९ ०९:५८ बजे

प्रतिक्रिया