पुर्व माओवादीहरु एकठाउँमा

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २३ १३:१४ बजे
पुर्व माओवादीहरु

काठमाण्डौ- शान्तिप्रक्रिया र संक्रमणकालीन न्यायको एजेण्डामा पुर्व माओवादीहरु को आज वसेको एक सयुक्त वैठकले तत्कालीन नेपाल सरकार र नेकपा(माओवादी) विच भएको शान्ति सम्झौता सँग सम्वन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुरुप व्यवस्थापन हुनु पर्ने,सँक्रमणकालीन न्याय सँग सम्वन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग वाट अगाडी वढाउनु पर्ने, शान्ति प्रकृयाका वाँकी काम कानुनी एव सँस्थागत व्यवस्थाका लागी नेपाल सरकार सँग माग गर्ने , विभिन्न समयमा नेपालसरकार सँग भएका सम्झौता सहमति कार्यान्वयन हुन पर्ने भनि  आफ्ना  साझा धारणा एक विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन। 

सर्वोच्च अदालत ले नेकपा(माओवादी -केन्द्र) का अध्यक्ष एम प्रधानमत्री पुष्पकमल दाहाल विरुध्दको रिट दर्ता गरि कानुनी प्रक्रियामा अगाडी वढाउन  भनि आदेश गरी रिट दर्ता भए पछिको उत्पन्न परिस्थितिको सन्दर्भमा पुर्व माओवादीहरु ले  शान्तिप्रक्रिया र सँक्रमणकालीन न्याय सम्वन्धि  वाकी रहेका काम वारे सँयुक्त धारण सार्वजनिक गरेका हुन।

विज्ञप्तिमा नेकपा(माओवादी- केन्द्र) काअध्यक्ष एव प्रधानमत्री पुष्पकमल दाहाल,नेकपा(क्रान्तिकारी-माओवादी) का स्थाथि समिति सदस्य सि. पि. गजुरेल,नेकपा(वहुमत)का सँयोजक  धर्मेन्द्र वास्तोला, नेकपा का प्रवक्ता खडक वहादुर विश्वकर्मा, समाजवादी पार्टीका अध्यक्ष वावुराम भट्टराइ   समेतले हस्ताक्षर गरेका छन।



२०७९ फागुन २३ १३:१४ बजे

प्रतिक्रिया