नेकपा (मशाल) कैलालीका प्रवक्तामा नरेश झुकाल र डडेल्धुराका प्रवक्ता प्रकाश ऐेर

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २२ १२:४८ बजे
प्रवक्ताध्दय नरेश झुकाल र प्रकाश ऐर

नेपाल कम्युनिष्ट पार्टी (मशाल) को विशेष महाधिवेशन केहि महिना पहिले सम्पन्न  भएको थियो। महाधिवेशन ले आफ्नो वैधानिक मोर्चा राष्टिय जनमोर्चा लाइ विधटन गरि नेकपा(मशाल)का सवै कमिटिका प्रवक्ता, आवश्यक्ता अनुसार सचिव र चालिस प्रतिशत सम्म सम्वन्धित कमिटिका सदस्यहरु लाइ  खुल्ला गर्ने निति अनुसार  नेकपा(मशाल )कैलाली जिल्ला कमिटि का जिल्ला प्रवक्तामा  नरेश झुकाल  र डडेल्धुरा जिल्ला  कमिटि का जिल्ला प्रवक्तामा प्रकाश ऐर लाइ चयन गरेको र अन्य जिल्लाका प्रवक्ताहरु क्रमशः खुल्ला गरिने कुरा नेकपा(मशाल) को सुत्र ले जनाएको छ।

प्रकाश ऐर यो भन्दा पुर्व राष्टिय जनमोर्चा डडेल्धुरा जिल्ला कमिटि उपाध्यक्ष र नरेश झुकाल राष्टिय जनमोर्चा केन्दिय समन्वय समितिका वैकल्पिक केन्द्रिय सदस्य हुनुहुन्थ्यो। उहाँहरु प्रवक्ता भइ सके पछि सम्वन्धित जिल्ला पार्टीले आफ्ना निति ,कार्यक्रम प्रवक्ता मार्फत सार्वजनिक गर्नेछन।प्रवक्ताले  विभित्र वैठक ,कार्यक्रममा पार्टीका तर्फवाट  प्रतिनिधित्व गर्ने ,आधिकारी धारणा राख्ने, सहभागी हुने कुरा मशाल  सुत्रले  वताएका छन।

यो भन्दा पुर्व मशाल पार्टी अर्धभुमिगत रहेको र आफ्नो वैधानिक मोर्चा राष्टिय जनमोर्चा मार्फत आफ्ना धारणा निति कार्यक्रम कार्यान्वयन  र सार्वजनिक गर्ने गरेको थियो।अहिलेको अवस्थामा पार्टीको सिधा सम्पर्क जनता सँग हुनु पर्ने भएको ले मशालले यस्तो निति अवलम्वन गरेको वताइन्छ।

२०७९ फागुन २२ १२:४८ बजे

प्रतिक्रिया