मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्ताव स्वीकार गर्नु चीन विरुद्धको गद्दारी होः अध्यक्ष ओली

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २१ ११:५८ बजे
अध्यक्ष के.पि. शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका छन् ।

शनिबार स्थानीय तह कर्मचारी संघ, नेपालले एमाले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका हुन् ।

उनले सरकारको निर्णय खतरनाक भएको बताए । यसले देश  लाइ विदेशिको किडास्थल वनाउने र मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्र राष्ट्र चीन विरुद्धको गद्दारी गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो ।’

तिव्वती शरणार्थिहरुले  मुस्ताङ साख्या वौध्द सँघ भन्ने सँस्था स्थापना गरेका छन ।सोहि सँस्था लाइ अगाडी सारेर भारत सरकारले ७० करोड ३३ लाख अनुदान सहयोगमा सो विश्वविधालय वनाउन चाहेको छ। सो क्षेत्र  विदेशिहरु का लागी निषेधित गरेिएको क्षेत्र पनि हो

२०७९ फागुन २१ ११:५८ बजे

प्रतिक्रिया