प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिटभोलि सर्वोच्चमा दर्ता हुने

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २० ०९:३४ बजे
प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले  रिट दर्ता गर्न आदेश दिए पछि आइतबार रिट दर्ता गरिन लागेको हो । 

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरण लगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे थिए । तर उनले दर्ता गर्न खोजेको रिट दर्ता हुन सकेको थिएन् । 

रिट दरपिठ भए पछि पुनः कात्तिक २४ गते भएको दरपिठ विरुद्ध उनीहरू पुनः मङ्सिर ७ गते सर्वोच्च अदालतमा दरपिठ विरुद्ध रिट लिएर पुगेका थिए । सोही रिटमा सुनवाई गर्दै न्यायधिसद्धय खतिवडा र फुयाँलले मुद्दा दर्ता गर्न आदेश दिएका छन ।

२०७९ फागुन २० ०९:३४ बजे

प्रतिक्रिया