नेपाल ८ वर्षपछि यू–१९ क्रिकेट विश्वकपमा छनोट

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १८ १८:१५ बजे
यू–१९ क्रिकेट

काठमाडौं ।  नेपालले निर्णायक खेलमा यूएईलाई  ७ रनको रनले हराउदै अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनायो । 

सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।

२०७९ फागुन १८ १८:१५ बजे

प्रतिक्रिया