माधव नेपाललाई भेट्न पार्टी कार्यालय पुगे एमाले यी नेताहरू

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १८ ११:५३ बजे

काठमाडौं । नेकपा एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पदका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आज बिहान  नेपालसँग भेटवार्ता गरेका हुन् । 

एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल  जनाइएको छ । 

२०७९ फागुन १८ ११:५३ बजे

प्रतिक्रिया