काठमाडौंं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने दुबई प्रस्थान गरेका छन् । युएईमा जारी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखला खेल्न नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशनकुमार सिंहसँगै त्यता उनि दुबइए गएका हुन् ।
फ्लाई दुबईको उडान नम्बर एफजेट ५४० बाट उनी केही बेरअघि दुबई गएका हुन् । उनीमाथि विदेश जान लगाइएको यसअघिको रोक सर्वोच्च अदालतले हटाइदिएपछि नेपाल क्रिकेट संघले उनलाई प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको हो ।
संघले सन्दीपको नाम खेलाडीको सूचीमा राखिसकेको छ । नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्नेछ । भोलिको म्याचमा सन्दीप सहभागी हुने बताइको छ । टीमका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि संघले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।
प्रतिक्रिया