देशको असँलग्न परराष्ट निति विपरित नेपालले युक्रेनको पक्षमा मतदान गर्यो - नेकपा(मशाल)

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १६ १९:०१ बजे
सन्त वहादुर नेपाली

नेकपा(मशाल) महासचिव सन्तवहादुर नेपालीले आज एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन कि-नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, रास्वपा लगायत सात दलीय गठबन्धनका आधारमा गत पौष १० गते पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए । दुई महिनामै यो गठबन्धन भत्किएर र भारतले नेपालमा आफ्नो पक्षको सरकार बनाउन र त्यो सरकार मार्फत् आफ्ना साम्राज्यवादी एवं विस्तारवादी स्वार्थ पूरा गर्न खुला रूपले नेपालको सार्वभौमिकतामाथि नै हस्तक्षेप हुने गरी प्रयत्न गर्दै आएका थिए । सात दलीय गठबन्धन टुट्ने र नेपाली काङ्ग्रेसको नेतृत्वमा पुनः नयाँ गठबन्धन निर्माण हुने यस घटनामा अमेरिका र भारतको स्वार्थ मिलेको छ । राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयन गराउन, एसपीपी सम्झौता पारित गराउन, राष्ट्रघाती नागरिकता विधेयक संसदबाट पारित गराउन र अन्य राष्ट्रघाती सम्झौताहरू नेपालमाथि थोपर्न सजिलो हुने गरी वर्तमान गठबन्धन बनेको छ । बैदेशिक हस्तक्षेपलाई विरोध गर्न र सरकारका राष्ट्रघाती, जनघाती कुकार्यहरूको विरोधमा उत्रिन आम जनतालाई हाम्रो पार्टी आग्रह गर्दछ ।

 विज्ञप्तिको अगाडी थप उल्लेख गर्दै परराष्टृ मन्त्री विमला पौडेल (राई)लाई मानव अधिकारवादीहरूको विश्व सम्मेलनमा जान रोक्ने र विज्ञको रूपमा नियुक्त गरिएका व्यक्तिलाई टोलीको नेतृत्व गर्ने जिम्मा प्रधानमन्त्रीले दिनुलाई हाम्रो पार्टीले अत्यन्त दुःखद घटनाको रूपमा लिएको छ ।  सरकारको परराष्ट्र मामलामा यस प्रकारको कमजोरीलाई हाम्रो पार्टीले विरोध गर्दछ ।

हालै चलिरहेका संयुक्त राष्ट्रसङ्घ महासभाको बैठकमा ७ देश बाहेक १ सयभन्दा बढी देशहरूले रूस–युक्रेन युद्धको सन्दर्भमा युक्रेनको पक्षमा समर्थन जनाएका छन् । त्यसमा नेपाल पनि सामेल भएको समाचार प्राप्त भएको छ । हाम्रो पार्टी रूस–युक्रेन युद्धको अन्तयमा रुस र नेटोबीचको युद्ध ठान्दछ । नेपालले मान्दै आएको असंलग्न परराष्ट्र नीतिका आधारमा कुनै पनि युद्धरत पक्षको समर्थन नगरेर तटस्थ बस्नु पर्नेमा  पुष्पकमल दाहाल नेतृत्वको सरकारले असंलग्न परराष्ट्र नीतिको विपरीत युक्रेनको पक्षमा मतदान गरेको छ । त्यसलाई हाम्रो पार्टी विरोध गर्दछ । 

आगामी चैत्रमा विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्ववियु निर्वाचन का सन्दर्भमा निति प्रष्ट पार्दै  अखिल (छैठौँ),  अखिल (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी) तीन विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा संयुक्त घोषणापत्र सहित संयुक्त प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । तीन वटा विद्यार्थी सङ्गठनको चुनावी एकतालाई हाम्रो पार्टीले स्वागत गर्दछ । आवश्यकता अनुसार प्रतिगामी, प्रतिक्रियावादी तथा विखण्डनवादी शक्ति निकटका विद्यार्थी सङ्गठनहरूका विरुद्धअन्य वामपन्थी, लोकतान्त्रिक र प्रगतिशील विद्यार्थी सङ्गठनहरूसित पनि तालमेल गर्नु उपयुक्त हुनेछ ।राजावादीहरूको सक्रियतालाई हाम्रो पार्टीले गम्भीररूपमा लिएको छ ।  नेपाली जनता राजतन्त्र पुनस्र्थापनाको पक्षमा छैनन् । यदि प्रतिगामी गतिविधिलाई अगाडि बढाउने कोशिश गरिन्छ भने जनताले उचित जबाफ दिनु पर्छ  भनि उल्लेख गरिएको छ।

२०७९ फागुन १६ १९:०१ बजे

प्रतिक्रिया