पपुवा न्यूगिनीद्धारा नेपाल सामु २०४ रनको लक्ष्य

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १५ १५:३५ बजे
आईसीसी क्रिकेट विश्वकप लिग टु

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा सुरु शृखंलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनायो । सुरुको ३० ओभरमा १०० रन बनाएको पीएनजीले त्यसपछि २० ओभरमा १०३ रन बनाएको थियो ।

पीएनजीका लागि सातौँ नम्बरमा ब्याटिङ गरेका चाड सपर र कप्तान असद भालाले सर्वाधिक ३६-३६ रन बनाए ।सपरले ५३ बल खेल्दै २ चौका मद्दतमा अविजित ३६ रन बनाएका हुन् । यस्तै सेस बाउले ३१, किपलिन डफरिगाले २९ र नोर्मन भानुअले २५ रन बनाए । हिरी हिरी १० रन बनाएर आउट भए ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए । कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १ विकेट लिए । 

२०७९ फागुन १५ १५:३५ बजे

प्रतिक्रिया