हङकङद्धारा नेपालसामु १२१ रनको समान्य लक्ष्य

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १५ १४:०६ बजे
यू-१९ विश्वकप

काठमाडौं । यू-१९ विश्वकपको एसिया छनोटमा हङकङले नेपालले १२१ रनको सामान्य लक्ष्य दिएको छ । 

युएईको मलेक क्रिकेट मैदान अज्मानमा टस जितेर ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा १२० रनमा अल आउट गरेको हो ।

हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बल खेल्दै ४ चौका प्रहार गरे । मोहम्मद अलियान जाहिरले ६७ बलमा २९ रन बनाएका हुन् ।  ।

हङकङका लािग पाँचौ विकेटका लागि भागवत र जाहिरले ४७ रनको साझेदारी गरेका थिए । आहन त्रिवेदी ११ रनमा रनआउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपालका लागि बलर हेमन्त धामीले ९ ओभर बलिङ गर्दै ३ मेडन सहित १९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए ।

स्पिनर सुवास भण्डारीले १० ओभर बलिङ गर्दै ३ मेडन सहित १० रन खर्चेर २ विकेट लिए । अर्का स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै १७ रन खर्चेर १ विकेट लिए ।आकाश चन्दले ८.३ ओभर बलिङ गर्दै ४३ रन खर्चेर २ विकेट लिए ।

२०७९ फागुन १५ १४:०६ बजे

प्रतिक्रिया