सरकारबाट बाहिरीने एमालेको निर्णय, समर्थन पनि फिर्ता

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १५ १३:०४ बजे
सरकारबाट बाहिरीने एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले  सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो । तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो ।प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले रुष्ट बनेको  हो । 

एमाले सचिवालयको बैठकले तत्काल संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको  हो । 

२०७९ फागुन १५ १३:०४ बजे

प्रतिक्रिया