रामचन्द्र पौडेलले रास्वपा सँग राष्ट्रपतिमा आफूलाई समर्थन र सहयाेग मागे

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १३ १३:४८ बजे
रामचन्द्र पौडेल

काठमाडौं ।  नेपाली कांग्रेसका  नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन् ।भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका छन् ।

जवाफमा लामिछानेले पार्टीमा छलफल गरेर निर्णय गर्ने जानकारी दिएका छन् । नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् । 

२०७९ फागुन १३ १३:४८ बजे

प्रतिक्रिया