यू–१९ विश्वकपको एसिया छनोटकाे पहिलो खेलमा नेपालको जित

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १२ १९:२९ बजे
यू–१९ विश्वकप

काठमाडौं । आइसीसी यू–१९ विश्वकपको एसिया छनोटको पहिलो खेलमा  नेपालले विजय हासिल गरेको छ ।  युएईको इडन गार्डेन अजमानको मैदानमा आज भएको पहिले खेलमा नेपालले सिंगापुरलाई ९६ रनले हराएको हो ।  

आज भएको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो ।  नेपालले  निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो ।नेपालका लागि आकाश त्रिपाठीले ७८ रनको पारी खेले ।

उनले एक सय बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए ।विशाल विक्रम केसीले पनि अर्धशतकीय पारी खेले । उनले ५४ बलमा ४ चौका र २ छक्काको मद्दतले ६३ रन बनाउँदै अविजित रहे ।  त्यस्तै अर्जुन कुमालले ३७, कप्तान देव खनालले २१, दिपक बोहराले १७, दिपक प्रसाद डुम्रेले १० रनको योगदान गर्दा सुवाष भण्डारीले अविजित १२ रन बनाए ।

सिंगापुरका लागि अब्हुदे छजेरले दुई तथा माहियु भाटिया, अद्वित्य भारगाभा, आर्याविर चौधरीले एक एक विकेट लिए ।२६२ रनको लक्ष्यसहित मैदान उत्रिएको सिंगापुरको टिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६५ रनमात्रै बनाउन सक्यो ।

सिंगापुरलाई रोक्ने क्रममा हेमन्त धामी र सुवास भण्डारीले २–२ विकेट लिँदा विशाल विक्रम केसीले १ विकेट हात पारे ।सिंगापुरका आर्यन मोदीले सर्वाधिक ५८ रन बनाएर रनआउट भएका थिए भने सिद्धान्त श्रीनाथले ४४ रनको योगदान गरे ।

अर्जुन नागपाल र अभ्युदय चाजेरले समान १४–१४ रन जोडे । अर्जुन रनआउट भएका थिए भने अभ्युदय रिटायर्ड हट भएर पभेलियन फर्किएका थिए । 

२०७९ फागुन १२ १९:२९ बजे

प्रतिक्रिया