यू-१९ डेब्युटान्ट आकाश र विशालको अर्धशतक -सिंगापुरलाई २६२ रनको लक्ष्य

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १२ १५:०८ बजे
यू-१९

काठमाडौं । आइसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सिंगापुरलाई २६२ रनको लक्ष्य दिएको छ ।

युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालका लागि डेब्युमा आकाश त्रिपाठी र विशाल विक्रम केसीले अर्धशतक बनाए । जसको मद्दतमा नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन  जोडेको हो ।

तेस्रो क्रमका ब्याटर आकाश त्रिपाठी १०० बल खेल्दै ७ चौका र एक छक्काको मद्दतमा ७८ रन  जोडेका थिए । विशाल विक्रम  ६३ रनमा नट आउट रहे । उनले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गरेका हुन् । ओपनर दीपक बोहरा ५ रन बनाउँदै क्याच आउट भए पनि अर्का ओपनर अर्जुन कुमालले ६७ बल खेल्दै ३७ रन बनाए ।

कप्तान देव खनाल २१ रनमा अबुडे छाजेरको बलमा एलबीडब्लयु भए । दीपक बोहरा १७ रनमा क्याच आउट भए । दिपक प्रसाद डुम्रे १० रनमा रनआउट भए । सुवास भण्डारी १२ रनमा नटआउट रहे ।

सिंगापुरका लागि अर्यावीर चौधरी र अबुडे छाजेरले समान २–२ विकेट लिए । माहियु भाटिया र अदित्या भारगावाले १–१ विके ट लिए ।

यू-१९ नेपाली राष्ट्रिय टिमबाट ७ जना खेलाडीले डेब्यु गरेका छन् । नेपालका लागि आकाश सहित दीपक बोहरा, सुवास भण्डारी, हेमन्त धामी, दिपक प्रसाद डुमे्र, दीपक बोहरा र मिलन बोहराले आजको खेलमा डेब्यु गरेका छन् ।

२०७९ फागुन १२ १५:०८ बजे

प्रतिक्रिया