यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुरसँग खेल्दै

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ११ १४:१५ बजे
यू–१९ विश्वकप

काठमाडौं । यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर  सँग खेल्ने भएको छ ।  हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग  खेल्न लागेको हो ।  नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो ।

क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने  कुबेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु–१९ टोलीले  २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ । 

२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने  छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् । 

उक्त खेलमा बिजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने  यू–१९ विश्वकप खेल्ने मौका पाउने छन । 

त्यसका लागि यू–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले म‌‌‌गलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए ।  यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो । 

 को को खेल्दै छन् नेपालबाट 

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान) , आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर( दीपक डुम्रे,  हेमन्त धामी, दुर्गेश गुप्ता, दीपक बोहरा (बि), आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

२०७९ फागुन ११ १४:१५ बजे

प्रतिक्रिया