युवाहरूको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति सरकार निरन्तर क्रियाशील रहने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ११ १२:५१ बजे
प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहमाथि राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् ।  उनले युवाहरूको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत जनाएका छन् ।  

बिहीबार बिहान काठमाडौंको टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले  राष्ट्रको भरोसा युवाहरुमा रहेको बताएका हुन् ।  

उनले भने ,'सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ ।' 

२०७९ फागुन ११ १२:५१ बजे

प्रतिक्रिया