राजर्षी जनक विश्वविद्यालय क्याम्पस जनकपुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)काे भेला सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १० १४:०३ बजे
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)

काठमाडौं ।  राजर्षी जनक विश्वविद्यालय क्याम्पस जनकपुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) भेला सम्पन्न भएको छ । आज फागुन १० गते  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) का केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य प्रयास कौशिक (धिताल) को प्रमुख उपस्थितिमा राजर्षी जनक विश्वविद्यालय क्याम्पस जनकपुरमा भेला सम्पन्न भएको हे ।  

 आज सम्पन्न भएको भेलाले एकाइ समिति गठन  गरेको छ । आज गठन गरिएको समितिको अध्यक्षमा प्रयास कौशिक (धिताल), उपाध्यक्षमा अंकित ठाकुर सचिवमा राजनारायण कुमार यादव , सल्लाहकार कृष्णप्रसाद पटेल , सदस्यमा संजय कुमार यादव,श्रीराम कुमार कुशवहा,देवरथ यादव,आरुस कुमार दास ,धर्मेश चैहान रहेका छन् । 

आज बसेको भेलाले  विभिन्न तिन विभिन्न प्रस्तावहरू पनि पारित गरेको छ । एकाइ कमिटी गठन, स्ववियुको लागि संगठन दर्ता र विविध प्रस्तावहरू पारित गरेको हो । 

२०७९ फागुन १० १४:०३ बजे

प्रतिक्रिया