यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ ०८:४४ बजे
रियल मड्रिड

काठमाडौं ।  युरोपेली च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि हात पारेको  छ ।  गएराति भएको खेलमा आइनट्राक्ट फ्रान्कफर्टलाई २–० गोलअन्तरले पराजित गर्दै रियल मड्रिडले सुपर कपको उपाधि  हात पारेको  हो ।

रियल मड्रिडको जितका लागि डेविड अलाबा र करिम बेन्जेमाले एकरएक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यसअघि रियलले ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

बेन्जेमाले रियलका लागि ६ सय १० खेलमा ३ सय २४ गोल पुर्याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् ।  ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन् ।  रियल यसअघि सन् १९९८, २००० र २०१८ मा सुपर कपमा उपविजेता बनेको थियो ।

२०७९ साउन २६ ०८:४४ बजे

प्रतिक्रिया