स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १० ०९:३८ बजे
स्वास्थ्यमन्त्री गिरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा सहभागि हुनका लागि उहाँ  स्वीटजरल्याण्ड गएका हुन् । 

सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कनेछन् । 

२०७९ फागुन १० ०९:३८ बजे

प्रतिक्रिया