माधवकुमार नेपाल एमालेको प्रस्तावमा राष्ट्रपतिको उम्मेदवार ?

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ९ ०८:५० बजे
भेटर्वार्ता

 काठमाडौं ।  राष्ट्रपतिको निर्वाचनले नेपाली राजनीतिमा नयाँ मोड लिने सम्भावना बढेको छ । राष्ट्रपतिको लागि सत्तारुढ सबै भन्दा ठुलो दल नेकपा एमाले आफूले पाउनुपर्ने बताउँदै आएको थियो । तर पछिल्लो समयमा एमाले पनि राष्ट्रपतिमा राखेको आफ्नो अडानबाट पछाडि हटेको छ । 

माओवादी केन्द्रले राष्ट्रपति एमालेलाई दिन नहुने र त्यसको लागि राष्ट्रिय सहमति गर्नुपर्ने बताउँदै आएको छ । माओवादी केन्द्रले राष्ट्रपतिको लागि सरकारमा रहेका दल तथा सत्ता बाहिर रहेका दलहरूसँग पनि निरन्तर छलफल गरी रहेको छन् ।  माओवादीले नेपाली कांग्रेसलाई  राष्ट्रपति दिन खोजीरहेका विभिन्न राजनीतिक विश्लेषकहरूको भनाई रहेको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाएर आफू पाँचै वर्षको लागि प्रधानमन्त्री बन्ने दाउमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । 

यता सत्तामा रहेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई   राष्ट्रपतिका  लागि प्रस्ताव गरेको बाहिरिएको। एकिकृत समाजवादी पार्टीका अध्यक्ष र एमाले अध्यक्ष बिच  हिजाे भेटर्वार्ता भएको छ । हिजो भएको भेटर्वार्तामा राजनीतिक र समसामयिक विषय कुराकानी भएको जनाइएको छ । यी दुई नेताहरू बिच करिब डे घण्टा लामो छलफल भएको हो । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकिकरण सहित नेपाललाई राष्ट्रपतिको प्रस्ताव राखेको जनाएको छ । यता नेपाल पनि त्यसको लागि तयार रहेको बताइएको छ । यसरी एमाले र एकीकृत समाजवादीको बिचमा भएको भेटर्वार्तालाई  नेपाली राजनीतिमा फेरी नयाँ राजनीतिक मोडको सङ्केतको रुपमा हेरिएको छ ।  राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ ।  

२०७९ फागुन ९ ०८:५० बजे

प्रतिक्रिया