नेपाल आईसीसी लिग-२ अन्तर्गतको अन्तिम खेलमा स्कटल्याण्डसँग खेल्दै : टस जितेर फिल्डिङ गर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ९ ०८:२५ बजे
आईसीसी लिग-२

काठमाडौं । आईसीसी लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेलमा  आज नेपालले स्कटल्याण्डसँग खेल्ने भएको छ ।  नेपालले टस जितेर फिल्डिङ  रोजेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले जारी घरेलु मैदानमा भएको सिरिजको पहिलो खेलमा नामिबीयालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेट र तेस्रो खेलमा नामिबीयालाई ३ विकेटले पराजित गरेको थियो ।

२०७९ फागुन ९ ०८:२५ बजे

प्रतिक्रिया