नामिबिया विरुद्ध नेपालको जित

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ६ १६:५० बजे
नामिबिया विरुद्ध नेपालको जित

काठमाडौं । नेपालले काठमाडौंमा जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नामिबिया विरुद्ध जति निकालेको छ । आज भएको खेलमा नेपालले नामिबिया विरुद्ध ३ विकेटले जितेको हो । नामिबियाले दिएको २७५ रनको  लक्ष्यलाई नेपालले ७ विकेटको क्षतिमा ४७ ओभर  खर्चंदै पुरा गरेको हो । योसँगै कीर्तिपुर मैदानमा भएको लिग टु अन्तर्गतको आफ्नो तीनवटै खेल नेपालले जितेको छ ।

शनिबारको खेलमा नेपाललाई जिताउन ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए । शनिबारको खेलमा नेपालका आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि गरेको १३९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो ।

२०७९ फागुन ६ १६:५० बजे

प्रतिक्रिया