सांसद चौधरीको फाइल राष्ट्रपति कार्यालयमा , होला कैद मिनाहा ?

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ५ १४:०८ बजे
सांसद चौधरी

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको  प्रक्रिया राष्ट्रपति कार्यलयमा पुर्याइएको छ ।  सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाएको  हो । अब कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुने भएको छ । 

महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरिसकेको हो ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएको हो । कैलाली–२ बाट निर्वाचित सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजायको फैसला भएको थियो । उनी सांसद बनेपछि पक्राउ परेका थिए ।

राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरूको कैद माफी मिनाहा गर्दैछ । सांसद चौधरी कैदमुक्त हुनासाथ सांसदको जिम्मेवारी बहन गर्न  पाउने छन् । 

२०७९ फागुन ५ १४:०८ बजे

प्रतिक्रिया