स्कटल्याण्डद्धारा नेपाल सामु २७५ रनको लक्ष्य

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ५ १२:४६ बजे
नेपाल सामु २७५ रनको लक्ष्य

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टू मा  स्कटल्याण्डसँगको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । माइकल लिस्टले संयमित ब्याटिङ गर्दै  १०७ रनको मद्दतमा स्कटल्याण्डले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७४ रन बनायो ।

सातौं नम्बरमा ब्याटिङ गरेका लिस्कले अन्ति सम्म टिकेर ८५ बल खेल्दै ३ चौका र ९ छक्का मद्दतमा अविजित १०७ रन बनाए ।

स्पीनरहरु कुशल मल्ल, सन्दीप लामिछाने, कुशल भुर्तेलले लगातार विकेट लिँदा स्कटिस टोली सुरुमा दबावमा परेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।कुशल मल्लले ९ ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर २ विकेट लिए ।सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ५२ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर समान १ विकेट लिए ।

२०७९ फागुन ५ १२:४६ बजे

प्रतिक्रिया