अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ५ ०७:२१ बजे
समिक बडाल

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। बिहिबार  मतदान भएकोमा गए राति मतगणना गरिएकोमा अध्यक्षमा बडाल विजयी  भएका हुन् । 

बडालले अध्यक्षका उम्मेदवार आरसी लामिछाने र मोती विकलाई हराएका हुन्।उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्।

 महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्। सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्।अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए। मतपरिणाम औपचारिक रूपमा घोषणा गर्न  भने बाँकी रहेको छ । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। उनी काभ्रेको रोसी गाउँपालिका वडा नम्बर ९ का हुन्।

२०७९ फागुन ५ ०७:२१ बजे

प्रतिक्रिया