बालुवाटारमा प्रचण्ड-ओलीबीच भएको दुई घण्टा लामाे भेटमा के भयो कुराकानी ?

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ४ १४:२१ बजे
प्रचण्ड-ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको भेटवार्ताका क्रममा दुई घण्टा लामो छलफल भएको छ ।   

राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा अविश्वासको बढ्दै गइरहेको बेलामा प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बिच र्वाता र छलफल भएको हो । भेटवार्ता पछिल्लो समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्यकिरण शर्माले बताए।

रास्वपाले सरकार छाडेपछि गृहसहित महत्त्वपूर्ण मन्त्रालय रिक्त छ। त्यसैले सरकारलाई चाडै पूर्णता दिनुपर्छ भन्ने विषयमा र रास्वपालाई पनि सरकारमा ल्याउने भन्ने विषयमा पनि कुराकानी भएको जनाइएको छ । 

माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सघाउने गाइँगुइँ चलिरहेका बेला ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। यसअघि प्रचण्ड ओली निवास बालकोट पुगेरै भेटघाट गरेका थिए।

 राष्ट्रपतिको विषयलाई लिएर एमाले र माओवादी को मत बाँझिएको छ । नेकपा एमालेले आफूले भने अनुसारको व्यक्ति राष्ट्रपति बन्नुपर्ने अडान राखेको छ । माओवादी केन्द्रले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनु पर्ने बताउँदै आएको छ । 

२०७९ फागुन ४ १४:२१ बजे

प्रतिक्रिया