प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता जारी , राष्ट्रपतिमा सहमति जुटाउने प्रयास

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ४ ११:१८ बजे
राष्ट्रपतिमा सहमति जुटाउने प्रयास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज यी दुई  नेताहरूबीच  भेटवार्ता  भएको हो । 

वार्तामा राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनका दलहरूबीच देखिएको बेमेलका बारेमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । 

दुई नेताबीचको आजको छलफल राष्ट्रपतिमा सहमति जुटाउने प्रयासमै केन्द्रित रहने भएको छ । राष्ट्रपतिमा एमालेले आफ्नो अडान राखेको छ । भने माओवादी केन्द्रले राष्ट्रिय सहमति हुनु पर्ने माग राख्दै आएको छ । वार्ता अहिले पनि जारी रहेको छ । 

२०७९ फागुन ४ ११:१८ बजे

प्रतिक्रिया