नामिबियाद्धारा स्कटल्यान्ड सामु सामान्य १५४ रनको लक्ष्य

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ३ १२:५८ बजे
आईसीसी विश्वकप लिग–२

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत  स्कटल्यान्डले सामान्य  १५४ रनको  लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको स्कटल्यान्डले कसिलो बलिङ गर्र्दै ३९.२ ओभरमा नामिबियालाई  १५३ रनमा  सिमित राखेको हो । 

नामिबियाका लागि ओपनर ब्याटर लो हान्ड्रे लोरेन्सले सर्वाधिक ५४ रन बनाए । सेट भएका ब्याटर लोरेन्सले ८८ बल खेल्दै ५ चौका प्रहार गरे ।

अर्का ओपनर कार्ल ब्रेकनस्टोक ४ रनमा स्टम्पिङ भए । जेन ग्रिनले २५ रन बनाए । कप्तान ग्रहार्ड इरास्मस गोल्डेन डक भए । पिक्की या फ्रान्सले ११ रन र बर्नाड स्कोल्ट्जले ३९ बलमा ३० रन बनाए । बेन शिकोन्गो १ रनमा अविजित रहे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्यान्डका लागि माइकल लिस्कले ८.२ ओभर बलिङ गर्दै ४ विकेट लिए । साफ्यान शारिफ र मार्क वाटले समान ३–३ विकेट लिए ।

२०७९ फागुन ३ १२:५८ बजे

प्रतिक्रिया