संसद्‌मा सन्दीप लामिछानेमाथि उठ्यो प्रश्न -बलात्कारी आरोपीले राष्ट्रको प्रतिनिधित्व गर्न मिल्छ ?

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ३ १२:३६ बजे
संसद्‌मा सन्दीप लामिछानेमाथि उठ्यो प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले न्यायपालिकाको काम चुस्तदुरुस्त, पारदर्शी र सबैको पहुँचमा  हुन आवश्यक रहेको बताएकी छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले न्यायपालिकाको चुस्तदुरुस्त र पारदर्शी नहुँदा कानुनी मुद्दामा समाज विभाजित  भएको बताएकी छन् । 

साथै उनले क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार आरोपको मुद्दा चाँडै टुंग्याउनुपर्ने बताइन् । ‘सन्दीप लामिछानेको मुद्दा हेरौँ, त्यो कहिले छिनोफानो गर्छौँ ?, यतिका समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो,’ थप प्रश्न गर्दै उनले भनिन्, ‘राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ? एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? यो कार्यले पीडितलाई झनै मानसिक यातनाको जोखिममा धकेलेको छ ।’

२०७९ फागुन ३ १२:३६ बजे

प्रतिक्रिया