सत्तारुढ गठबन्धन भत्किने आशंका

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २ २०:२२ बजे
सत्तारुढ गठबन्धन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किने संकेत गरेका छन् । एमाले अध्यक्ष ओलीले गठबन्धन भत्काउन अनेकौं आन्तरिक र वाह्य शक्ति  लागिरहेको  भन्दै त्यसतर्फ संकेत गरेका हुन् । 

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको  काठमाण्डौमा उदधाटनमा मंगलबार सम्बोधन गर्दै उनले यस्तो  बताएका हुन् । उनले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किने शंका व्यक्त गरे।

उनले भने‚ ‘अहिले साथीहरू काफी प्रसन्न भएको देख्छु म। हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ। यो सफलताको कुरा हो तर हाम्रा पार्टीका साथीहरू प्रसन्न भएको देखिन्छ। तर कथम् कदाचित यो स्थिति फेरियो भने ? संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको छ। ‚ हाम्रो पार्टीसँग बहुमत छैन।’

ओलीले भने‚ 'अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्तिहरू यो देश बर्बाद पार्न क्रियाशील छन्। यो देश बर्बाद पार्न सबभन्दा पहिले कुनै डाँकाले बैंकमा डकैती गर्नुपर्‍यो भने पहिले पालेलाई प्रहार गरे जस्तै नेकपा एमाले यो देशमा डकैती गर्न नदिने गेटको पाले हो। यसमाथि नहानिकन भित्रै पस्न पाइँदैन । त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ‚ भइआएको छ।  अनेक प्रकारका शक्तिहरू क्रियाशील छन्‚ अनेक प्रकारका षड्यन्त्रहरू भइरहेका छन्। यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरू भइरहेका छन्।’

अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुने कुरामा विश्वास व्यक्त गरे। उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिष्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठन भर्खरै सिक्दै गरेका भनी टिप्पणी गरे। उनले नेविसङ्घलाई अनेरास्ववियुले जहिले पनि छक्का हान्दै आएको बताए। 

प्रधामन्त्रीलाई विश्वासको मत दिदै त्रसित थिए ओली 

निर्वाचको समयमा नेपाली कांग्रेस सँगको गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले अन्तिम  समयमा आएर प्रधामन्त्रीमा आफ्नो कुरा नमिल्दा नेकपा (एमाले)सँग मिलेर सरकार बनाएको हो । सरकार बनाउदा पनि  माओवादी सँगै नेपाली कांग्रेस नेतृत्वको सरकारमा रहेको  पार्टी एकीकृत समाजवादीले  पनि  माओवादी केन्द्रको सरकारलाई  विश्वासको मत दिएको थियो । 

 नेकपा एमाले भने समाजवादीले दिएको विश्वासको मतलाई चाँसोको रुपमा नहेरे पनि नेपाली कांग्रेसले दिएको विश्वासको मत माथि  प्रश्न उठाएको थियो  ।सँसद वाट  एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसले ढोक्सा थापेको बताएका थिए । उनले त्यहि संसदमा नेपाली कांग्रेसले दिएको विश्वासको मत सम्मान गर्दै कुनै ढोक्सा थापेर दिएको भए त्यसमा माछा नपर्ने बताएका थिए । 

अहिलेको सत्ता गठबन्धन फागुन १० गते भित्र फुट्ने कांग्रेसको दाबी 

हिजो एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका  थिए । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालामा महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने  दाबि गरेका हुन् । 

 राष्ट्रपतिको निर्वाचनमा अड्कीएकाे छ गठबन्धन 

अहिलेको राजनीतिक लडाई राष्ट्रपतिको निर्वाचनमा रहेको विभिन्न राजनीतिक विश्लेषकहरूको भनाई रहेको छ । सरकार निमार्णको वेला नै राष्ट्रपतिको विषयमा सहमति भएको भनिए पनि सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले भने राष्ट्रपतिको विषयमा कुनै सहमति नभएको र यसमा राष्ट्रिय सहमति खोजिनु पर्ने  बताउँदै आएको छ । उता एमाले भने आफूले अघि बढाएको व्यक्ति नै राष्ट्रपति बन्ने बताउँदै आएको छ । सरकारमा रहेका अन्य दलहरूले पनि राष्ट्रपतिको  पद एमालेको भागमा परेको र राष्ट्रपति एमाले नै पाउनु पर्ने बताएका छन् ।  


२०७९ फागुन २ २०:२२ बजे

प्रतिक्रिया