अवमूल्मन अपमान, वेवास्ता नगरुन ,हामी पनि कोही हौँ : माधव कुमार नेपाल

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २९ १५:०२ बजे
माधव कुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी सरकारमा आएकोमा आफ्नो पार्टीको आवश्यकता भएको बताएका छन् । नेकपा एसका अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा जस्तै अन्य ठाउँमा पनि सबैले समयमै आफ्नो पार्टीको आवश्यकता महसुस गर्ने विश्वास व्यक्त गरे।

आइतबार बिहान  पार्टीको प्रदेश कमिटी बैठकलाई धनगढीमा सम्बोधन गर्न  पुगेका नेपालले समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिले सबै तिर आफ्नो पार्टीको आवश्यकता हुन थालेको बताएका छन्। 

सुदुरपश्चिमा आफ्नो पार्टीबाट थौरै सदस्य रहेकोमा कसैले पनि  सानो मन गर्नुपर्ने अवस्था नभएको उनको भनाई रहेको छ ।  उनले भने, ‘अरु ठाउँमा पनि सबैले हाम्रो आवश्यकता समयमै महसुस गरुन । अवमूल्मन अपमान, वेवास्ता नगरुन ,हामी पनि कोही हौँ भन्ने कुरा जबसम्म कार्यकर्ता र जनताले महसुस गर्दैनौँ तबसम्म संगठन निर्माणमा लागिरहनुपर्छ ।’

राष्ट्रपतिले प्रतिनिधिसभामा सम्बोधन गर्न जाने बेला प्रहरीले चिकित्सकमाथि कुटपिट गरेको घटनामा प्रधानमन्त्रीले गम्भीर बन्नुपर्ने बताएका उनले छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व आएको बताउदै उनले सहमतीको यात्रामा अघि बढ्न सक्नेमा विश्वास व्यक्त गरेका छन् ।

टीकापुर घटनामा दोषी ठहर भएर डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई रिहा गर्नुपर्नेसमेत नेपालको भनाई रहेको छ ।  ‘उहाँ (रेशम) लाई रिहा गर्न आवश्यक छ,’ नेपालले भने, ‘रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् । यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाइ छिटो टुंगो लगाउनु राम्रो हुन्छ ।’

उनले एक हातले चाली नबच्ने बताउदै एकै वैचारीक धारका र एमालेसँग पनि पार्टी एकताको लागि प्रयासहरु भइरहेका बताएका छन् । 

२०७९ माघ २९ १५:०२ बजे

प्रतिक्रिया