मैत्रीपूर्ण फुटबलका लागि भारत जाने टोलीको बिदाइ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २९ १४:२८ बजे
तस्बिर : एन्फा

 काठमाडौं ।  मैत्रीपूर्ण फुटबलका लागि भारत जान लागेको राष्ट्रिय महिला टोलीलाई आइतवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिदाइ गरेको छ । 

ललितपुरको एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् ।

२३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमवार भारत जान लगेको हो ।  गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपालले भारतमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

२०७९ माघ २९ १४:२८ बजे

प्रतिक्रिया