राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मीको पोल्टामा

bimbonline दिवेश कुमार महतो
२०७९ माघ २८ २०:४१ बजे
हक्की प्रतियोगिता

ढल्केवर । धनुषाको मिथिला नगरपालिका नक्टाझिज मा जारी पाँचौँ संस्करणको साहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागिय टोली नेपाल आर्मीले जितेको छ।

धनुषाको नक्टाझिजमा भएको पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले पराजित गर्दै नेपाल आर्मीले चौथो पटक उपाधि उचालेको हो।

आर्मीका लागि खेलको १७ औं मिनेटमा सितामाया वलले पहिलो गोल गरेकी थिइन्। खेलको ५२ औं मिनेटमा आर्मीका सरस्वती तामाङले दोस्रो गोल गरिन्। लुम्बिनीका लागि अनन्या वर्नवालले खेलको सुरुवाती गोल गरेपनि अन्य खेलाडीहरुले दोहरो गोल गर्न सकेनन्।

प्रतियोगिताका विजेता विभागिय टोली नेपाल आर्मीले प्रथमको शिल्ड उचाल्दै ७५ हजार रुपैयाँ नगद,मेडल, सहित प्रमाण पत्र हात पार्न सफल भएको छ भने उपविजेता लुम्बिनी प्रदेशले ४० हजार नगद रुपैयाँ,मेडल, सहित प्रमाण पत्र प्राप्त गरेको कुरा स्थानीय प्रतियोगिता संयोजक अरुण कुमार महतोले बताउनुभयो। उनका अनुसार तृतीय स्थान हासिल गरेका मधेस प्रदेशलाई समेत २५ हजार नगद,मेडल सहित प्रमाण पत्र प्रदान गरिएको छ।

यस्तै पाँचौ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको बेस्ट खेलाडीका उपाधी उदियमान खेलाडी मधेश प्रदेशका जर्सी नं.१७ का अञ्जली कुमार महतोलाई प्रदान गरिएको छ । यस्तै टप स्कोरर नेपाली सेनाको जर्सी नं। ३ का खेलाडी कमला चन्द, उत्कृष्ट रक्षक नेपाली सेनाका जर्सी नं.६ का हिमाली थापा, उत्कृष्ट गोल रक्षक लुम्बिनी प्रदेशका जर्सी नं. १ का प्रतिमा सरोज र प्लेयर अफ द टुर्नामेन्टको उपाधी लुम्बिनी प्रदेशका जर्सी नं.१५ का खेलाडी पूजा कुमारीलाई प्रदान गरिएको प्रतियोगिताका निर्णायक बाबुराम नेपालले जानकारी दिनुभयो।

पाँचवटा संस्करणमा चारवटाको उपाधि नेपाल आर्मीको पोल्टामा गएको छ। पहिलो संस्करण नेपाल आर्मीको टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो। त्यस्तै, तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली नेपाल आर्मीले जितेको थियो।

प्रतियोगिताका विजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले पुरस्कार तथा ट्रफी सहित प्रमाण पत्र वितरण गर्नुभएको छ ।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित हिमालय युवा क्लवको खेल मैदानमा माघ २३ गते सोमबारदेखि सो प्रतियोगिता भएको प्रतियोगिता माघ २८ गते समापन भएको छ । प्रतियोगितामा जम्मा १३ वटा खेल भएको छ । नेपाल हक्की संघ र मिथिला नगरपालिकाले संयुक्त रुपमा राष्ट्रिय महिला हक्की प्रतियोगिताको आयोजना गरेको थियो ।

२०७९ माघ २८ २०:४१ बजे

प्रतिक्रिया