शिक्षामा सबैकाे पहुँच र सर्वशुलभताका लागि मेरो उम्मेदवारी : उपाध्यक्ष पदका उम्मेदवार पंकज भण्डारी

bimbonline डम्मर धामी
२०७९ माघ २८ १५:४१ बजे
पंकज भण्डारी

काठमाडौं । अनेरास्ववियुको ऐतिहासिक  महाधिवेशन आगामी फागुन २,३ र ४ मा काठमाडौंमा हुन गइरहेको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३  औं महाधिवेशन काठमाडौंको प्रज्ञाभवनमा हुन लागेको हो । यतिखेर नेकपा एमालेका विद्यार्थी नेताहरू महाधिवेशनको व्यापक तयारीमा रहेका छन् । काठमाडौंमा हुनै गइरहेको यस महाधिवेशनले अनेरास्ववियुको नयाँ नेतृत्व चुन्ने छ । विद्यार्थी नेताहरू आफ्नो उम्मेदवारी र प्रचार प्रसारमा व्यस्त रहेका छन् ।

२३ औं महाधिवेशनमा पंकज भण्डारीले आफूलाई उपाध्यक्ष पदको बलियो उम्मेदवारको रुपमा रहेको प्रष्ट पारेका छन् । पंकज भण्डारी २९६० सालमा अखिलको  राजनीतिमा आएका हुन् । उनले  महेन्द्र रत्न क्यापस ताचलहबाट अध्ययन गरेका हुन् । उनले महेन्द्र क्यापसबाट सेक्सन , विषयगत  देखी क्याम्पस कमिटी नेतृत्व गर्दै २१ औं राष्ट्रिय सम्मेलनमा उपत्यका भूगोलबाट राष्ट्रिय परिषद निर्वाचित भएका थिए । २२ औं राष्ट्रिय महाधिवेशनमा  केन्द्रीय कमिटी उपत्यका बाटै निर्वाचित हुनु भएको हो । 

अखिलको अधिवेशन नभएको ७ वर्ष भएको छ । अखिलको अधिवेशन नभएपनि  अखिलले यो बिचमा दुई वटा अध्यक्ष पायो । उहाँ अहिले बागमती प्रदेश उपत्यका विशेष संयोजक रहेका छन् ।बागमती प्रदेशमा अधिवेशन हुन गइरहेकाले आफु प्रदेशको अध्यक्ष भएकाले आफूले महाधिवेशनको विषयलाई लिएर विशेष जिम्मेवारी बहन गर्नु पर्ने उनको भनाइ रहेको छ ।

उनले अखिलमा अहिले धेरै आकांक्षी भए पनि  आफुले उम्मेदवारी दिनका पछाडि धेरै कारणहरू भएको बताए । उनले अखिल पार्टीका लागि नेताहरू हुर्काउने ठाउँ भएको बताउदैन भने ,"अखिलमा रहेर काम गर्ने विभिन्न व्यक्तिहरू भोलिका नेताहरू हुन् । अखिलको एउटा कार्यकालमा पदाधिकारी  भएको नेतृत्व दोस्रोपटक त्यसमै अड्की रहने यो प्रजातन्त्री अभ्यास होइन् । जहिले पनि  सरकारले चालेका गलत कदम ,कमजोरीका विरुद्धमा र परिवर्तनका लागि लाग्ने अखिल एक माध्यम हो । त्यसैले पहिलो कार्यकाल केन्द्रीय कमिटी, दोस्रो कार्यकाल  संगठन  संरचनात्मक स्थायी कमिटी वा सचिवालय र तेस्रो कार्यकाल  पदाधिकारी भएर त्यसपछि अध्यक्ष भए हुन्छ नभए पार्टीका लाग्ने हो । त्यसैले अहिले स्थायी कमिटी सदस्य भइसकेको र यसपटक उपाध्यक्ष र अर्को पटक अध्यक्षको तयारी गर्ने ,भएन भने पार्टीका जाने हो ।"

उनले आफ्नो प्रमुख एजेन्डा शैक्षिक एजेन्डा रहेको बताउँदै भने , "अहिले सम्मको नेतृत्वले शैक्षिक मुद्दाको सन्दर्भमा  हामिले  विद्यार्थीको शैक्षणिक  शुल्क , पेट्रोलको मूल्य बुद्धि र महंगी सहित अन्य विषयमा आन्दोलन गर्यो । यो सामान्य नियमित  प्रक्रिया हो । विशेष गरी नेपालको पूर्व देखी पश्चिमसम्म वर्गीय विभेद धेरै छ । यो वर्गीय विभेदमा जन्मिएका हुर्किएका , आर्थिक स्थिति कम्जोर भएका, पढाइमा योग्यता क्षमता र क्रियाशीलताका आधारमा आफूलाई  अब्बल नागरिक बन्नका निम्त  इच्छा राख्ने विद्यार्थीले आफ्नो हाई शिक्षाका लागि ५।६  लाख शैक्षिक शुल्क  तिर्नुपर्ने अवस्था छ । विद्याथीले पढ्न चाहे पनि पढ्न पाउने अवस्था छैन् । शिक्षामा रहेको शैक्षिक माफिायाको जालो हटाउने मेरो मुखय काम र उदेश्य हो ।" 

शिक्षा क्षेत्रमा रहेको माफियाको जालो हटाउन राज्य कम्तीमा एउटा स्थानिय निकायमा  सिएल फेजआउटा हुँदा 2067 सालमा विद्यार्थी सँग सहमती भएको तर पछिल्लो समयमा देशका विभिन्न ठाउँमा विग-विगी रहेको र उनिहरको विरुद्धमा आन्दो हुने र यसले सरकारी विद्यायललाई विद्यार्थीहरुलाई  भर्ना हुन, कमजोर  विद्यार्थीहरुले राहात पाउने उनको भनाई रहेको छ । उनले विस्तारै शिक्षामा समानता हुने त्यस्को लागि आफू त्यसको नेतृत्व गर्न त्यार रहेको बताए । 

उनले नेतृत्वको सम्मान गर्दै नेतृत्वले गरेका राम्रा कामको समर्थन र खराब काममा विरोध जनाउन आफू नेतृत्वमा हुन आवश्यक रहेको बताए । उनले विगतमा पञ्चायत र गण्तन्त्रको पक्षमा गरेको आन्दोलन बाट विभिन्न पाठहरु सिक्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताए । 

२०७९ माघ २८ १५:४१ बजे

प्रतिक्रिया