सुदूरपश्चिम प्रदेश सभा : कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २६ १९:३६ बजे
सुदूरपश्चिम प्रदेश सभा

धनगढी । सुदूर पश्चिम प्रदेशमा एमालेको सरकारले विश्वासको मत नपाएपछि नेपाली कांग्रसको सरकार बनेको छ । नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

२७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका राजेन्द्र रावल लेसंविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको छ । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।

रावल पदमुक्त भएपछि  प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने छ ।

२०७९ माघ २६ १९:३६ बजे

प्रतिक्रिया