मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन

मूल्य वृद्धिमा सरकारको ध्यान पुग्न सकेन

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ १६:०५ बजे
मूल्य वृद्धि

काठमाडौं । राष्ट्रियसभाका सांसदले  अहिले  मुल्य वृद्धी आकाश  छुन लागेको भए पनि सरकारको  ध्यान नपुगेको बताएका छन् । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान  बताएका हुन् ।  

 राष्ट्रियसभाको विशेष समयमा सांसद भट्टराईले भने, “नियमतः यो समायोजन हुनुपर्ने हो, यस बारेमा सरकारको ध्यान छैन, अरू वस्तुको मूल्य वृद्धि हेर्ने हो भने जनताको ढाड सेकिएको छ, एक वर्षमा एक सय १७ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ ।”

 डिजेलमा ७१, पेट्रोलमा ५४, ग्यासमा २६, चामलको पीठोमा एक सय १७, कालो भटमासमा ७५, चामलामा ७७ र तोरीको तेलमा ५८ प्रतिशतले वृद्धि भएको  जनाएका  छन् ।  यसरी जनताकोढाड सेकिने गरी मुल्य  बढाएकोमा उनले सरकारको  ध्यानाकर्षण  गरेका छन् । लोकतन्त्रमा सबैभन्दा ध्यान दिनुपर्ने कुरा जनताको समस्या भए पनि त्यसतर्फ सरकार गम्भीर हुन नसकेको उनले आरोप लगाए ।

२०७९ साउन २५ १६:०५ बजे

प्रतिक्रिया