लिग टु क्रिकेट अन्तर्गत नेपालआज स्कटल्याण्डसँग खेल्दै

लिग टु क्रिकेट अन्तर्गत नेपालआज स्कटल्याण्डसँग खेल्दै

bimbonline बिम्ब अनलाइन
२०७९ असार २९ ०९:४८ बजे
लिग टु क्रिकेट


 काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग  खेल्ने भएको छ ।

नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो खेल खेल्न लागेको हो ।

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ बजे  हुने भएको छ ।

पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल स्कटल्याण्डको सामना गर्दा दबाबमा  रहेको छ । स्कटल्याण्डले भने पहिलो खेलमा नामिबियालाई हराएको थियो ।

स्कटल्याण्ड लगातार दोस्रो जित निकाल्ने   लयमा रहेको छ । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।

लिग टू मा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


२०७९ असार २९ ०९:४८ बजे

प्रतिक्रिया