राम्रो नेता र सफल व्यक्ति बन्न चाहिनेका ४ गुण – चाणक्य

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २६ १२:३६ बजे
चाणक्य

काठमाडौं । चाणक्य नीति अनुसार राम्रो नेता र सफल मानिस बन्न चाहिने ४ गुणहरु । चाणक्य प्राचीन समयका एक महान दार्श्निक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। चाणक्य नीति चाणक्यद्वारा नीति नियम सम्बन्धी अनेक कुराहरू लेखिएको ग्रन्थ हो । अरु कुनै ग्रन्थमा नपाइने विषयहरू रहेकाले यो पूरा विश्वभरमा पढ्ने गरिन्छ यसमा आदर्श व्यवहार यथार्थको सुन्दर तरिकाले समन्वय गरिएको छ । चाणक्य नीति आचार्य विष्णुगुप्त चाणक्य वा कौटिल्य रचित नीति ग्रन्थ चाणक्य नीति दर्पण व्यावहारिक जीवनका लागि श्रेष्ठ मार्गदर्शक नीति मानिन्छ ।

चाणक्य नीतिको ११ अध्यायको पहिलो श्लोकमा मानिसको ४ गुणको बारेमा बताइएको छ । ती गुण हुने मानिस सफल मानिस र राम्रो नेता बन्न सक्ने बताइएको छ । यी गुणहरू पछि सिक्ने कुरा होइनन्, केही खास मानिसहरूमा जन्मजात नै हुन्छ भन्ने चाणक्यले उल्लेख गरेका छन् । यसको प्रभावबाट मानिस सफल हुन सक्छन् । आजकल मानिसहरू जागिर र व्यापार वा अन्य कुनै क्षेत्रमा लागिरहेका छन्, उनीहरूमा पनि यी गुणहरू छन् भने सफल हुन सक्छन् ।
चाणक्य नीतिको श्लोकमा भनिएको छ । दातृत्वं प्रियवक्तृत्वं धीरत्वमुचितज्ञता। अभ्यासेनलभ्यन्ते चत्वारः सहजा गुणाः

१. दानी हुनु

दान दिनु कुनै व्यक्तिको स्वभाव नै हुन्छ । कुनै पनि व्यक्तिलाई दान दिनुपर्छ भनेर सिकाउन सकिँदैन । यस्तो बानी मानिसको मनभित्रै हुन्छ । यसर्थ, कसैलाई पनि दान दिनुपर्छ भनेर सिकाउन सकिँदैन । आत्मदेखि नै दया मायाको भाव सृजना भए दान दिन्छन्।

२. निर्णय लिने क्षमता

कुनै पनि व्यक्तिलाई निर्णय लिन पनि सिकाउन सकिँदैन । जसले उचित समयमा उचित निर्णय लिनसक्छ, ऊ सफल हुन्छ । गलत समयमा सही निर्णय लिएर मानिस सफल हुन सक्दैन । मार्क्सवादी दर्शन मान्नेहरू ले ठोस परिस्थितिको ठोस विश्लेषण र निर्णय लिनु पर्छ भन्छन। ठोस अवस्था मा ठोस निर्णय लिने सकेन भन्ने असफल हुन्छ।

३. धैर्यता

धैर्य रहन सक्नु मानिसको सबैभन्दा राम्रो गुण हो । कठिन समयमा आफूलाई धैर्यवान बनाइराख्न सक्नु मानिसको धेरै उत्कृष्ट गुण हो । धैर्यवान मानिसले खराब समय सकिएपछि राम्रो काम गर्न सक्छ । तर, धैर्यता पनि सिकाउन सकिँदैन । यो मानिसको जन्मजात गुण हो । माक्सवादी दर्शन मान्नेहरूले यि गुणहरू पनि सिक्न सकिन्छ भन्ने मान्यता राख्छन्।

४. मीठो बोली 

मीठो बोल्नु पनि मानिसको सबैभन्दा राम्रो गुणमध्ये एक हो । यस्तो गुण मानिसको स्वभावमै हुन्छ । कसैलाई मीठो बोल्न कहिल्यै पनि सिकाउन सकिँदैन । तर पारिवारिक ,सामाजिक संस्कार र चालचलन वाट यि गुण प्रभावित हुन्छन।

२०७९ माघ २६ १२:३६ बजे

प्रतिक्रिया