जबरजस्ती करणी मुद्दामा फरार एकजना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २६ ०६:०४ बजे
पक्राउ

काठमाडौं ।  जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका एकजनालाई पक्राउ परेका छन् । झापाको गौरादह नगरपालिका–३ का ४५ वर्षीय युवराज भन्ने यामनाथ पौडेल रहेका छन् । उनलाई तीन महिना कैद र तीन हजार जरिवाना तोकिएको छ ।

झापा जिल्ला अदालतको २०७७ माघ २७ गते भएको फैसला विरुद्ध पुनरावेदन परी सम्मानित उच्च अदालत बिराटनगर इलाम इजलासबाट मिति २०७९ बैशाख २१ गते सुरु फैसला उल्टी भई भएको फैसलाअनुसार जबरजस्ती करणी उद्योग मुद्दामा फरार उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।  

२०७९ माघ २६ ०६:०४ बजे

प्रतिक्रिया