चोरी मुद्दाका फरार एक जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २६ ०६:०० बजे
पक्राउ

काठमाडौं । झापा जिल्ला अदालतको २०७७ माघ २२ गतेको फैसलाअनुसार चोरी मुद्दामा फरार रहेका एक प्रतिबादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनका लागि खटिएको प्रहरी टोलीले बुधबार फरार रहेकालाई पक्राउ गरेका हुन् ।

३० वर्षीय सदरकुमार मकरा पकउ परेका हुन् । गौरीगञ्ज गाउँपालिका ३ निवासी मकरालाई अदालतले ६ महिना कैद र ५ हजार जरिवानाको फैसला गरेपछि उनी फरार रहेका थिए । फैसला कार्यन्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएपछि उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ ।

२०७९ माघ २६ ०६:०० बजे

प्रतिक्रिया