राष्ट्रिय हक्की प्रतियोगिताको सेमिफाइनलमा मधेस भर्सेज आर्मी र सुदुरपश्चिम भर्सेज लुम्बिनी

bimbonline दिवेश कुमार महतो
२०७९ माघ २५ २१:०७ बजे
हक्की प्रतियोगिता

ढल्केवर । धनुषाको मिथिला नगरपालिकामा माघ २३ गते सोमबारदेखि जारी पाँचौ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता अन्तर्गत बुधवार तेस्रो दिन तीन वटा खेल सम्पन्न भएको छ ।

No description available.

प्रतियोगिताको तेस्रो दिन बुधवार भएको पहिलो खेलमा नेपाल आर्मी र बागमती बिच भएको खेलमा १३-० को अन्तरले नेपाल आर्मीको विजय भएको छ।

No description available.

त्यसैगरी दोस्रो खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बिच भएको खेलमा २-२ गोलको अन्तरले खेल बराबरीमा मा टुङ्गिएको छ। त्यस्तै तेस्रो खेलमा मधेश प्रदेश र प्रदेश १ बीच भएको खेलमा ७-० को अन्तरले मधेस प्रदेशको जित भएको छ।

No description available.

यो जितसँगै मधेश प्रदेश, नेपाल आर्मी , सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत माघ २६ गते विहीबार दुई वटा सेमिफाइनलका खेल हुनेछ । जसअन्तर्गत भोलि बिहीबार दिउँसो १ बजे हुने पहिलो सेमिफाइनलमा नेपाल आर्मी र मधेस प्रदेश बिच प्रतिस्पर्धा हुने भएको छ। त्यस्तै दोस्रो खेल ३ बजे देखि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश बिच हुने भएको छ।

१३ वटा खेलमा अहिलेसम्म ९ वटा खेल सम्पन्न भइसकेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु ७५ हजार, दोस्रो हुनेलाई रु४० हजार र तेस्रो हुने टिमलाई रु २५ हजार नगद पुरस्कार र शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल माघ २८ गते हुनेछ । 


नेपाल हक्की संघ र मिथिला नगरपालिकाले संयुक्त रुपमा राष्ट्रिय महिला हक्की प्रतियोगिताको आयोजना गरेको छ । धनुषामै पहिलो पटक आयोजना भईरहेको राष्ट्रिय महिला हक्की प्रतियोगिता मिथिला नगरपालिकाको वडा नं .  नक्टाझिजस्थित हिमालय युवा क्लवको खेल मैदानमा भईरहेको छ । राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपालको ६ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) गरी सात वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमलाई समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल आर्मी,बागमती र सुदूरपश्चिम  प्रदेशको टिम रहेका छन् भने समूह ‘बी’ मा प्रदेश १, लुम्बिनी, मधेश र गण्डकी प्रदेश टिम रहेका छन् ।

No description available.

२०७९ माघ २५ २१:०७ बजे

प्रतिक्रिया