काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
आज बैठक भोली बस्ने गरी आजकालाई स्थगित भएको हो । प्रदेश सभाले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाएको छ ।
२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने कार्यसूची तय भएको थियो तर सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय गरेको छैन ।
२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वत पदमुक्त हुने संविधानको व्यवस्था छ । तर बहुमत पुर्याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको मत आवश्यक हुन्छ। मुख्यमन्त्रीमा दाबी पेस गर्दा रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन रहेको थियो।
प्रतिक्रिया